#Dainikmandu
प्यालेस्टिनीहरूमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान नेपालले बृहत् वानेश्वर मार्च र जनसभामा गरेको छ ।
#Dainikmandu #KathmanduMetro
November 23, 2024 at 10:28 AM
विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन् ।
#Dainikmandu
November 23, 2024 at 10:22 AM
दरबार मार्गमा भएको कार्यक्रममा जथाभावी फोहोर गरेको भन्दै काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई १ लाख रुपैयाँ जरिवाना तिराउने भएको छ।
#Dainikmandu #BalenShah
November 22, 2024 at 2:21 PM
काठमाडौं महानगरपालिकाले दरबारमार्गमा आयोजित नेकपा (एमाले)को जागरण सभाका क्रममा भएको फोहोरका लागि एक लाख जरिवाना लगाएपछि एमाले महासचिव शंकर पोखरेलले मेयर बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् ।
#Dainikmandu #BalenShah #KathmanduMetro
November 23, 2024 at 2:53 AM
दैलेखमा बस दुर्घटना भएको छ। कालिकोटबाट टीकापुर जाँदै गरेको ना ४ ख ६०५६ नम्बरको ३२ यात्रु सवार बस शुक्रबार दिउँसो दैलेखको आठबीस नगरपालिका ३ सिस्नेमा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा घाइते हुनेको विवरण यकिन छैन। अहिले प्रहरीले उद्धार गरेर मध्यम घाइते भएका ८ जनालाई नजिकैको शांगेतडा अस्पतालमा लगेको छ। त्यस्तै ९ जना भने सामान्य घाइते भएका छन्।

#Dainikmandu #News #Nepal
November 22, 2024 at 1:31 PM